• सोमबार, १५ भदौ २०८३
  • images

    सुत्केरी गराउन नपाइ अस्ताइन् रेणुका कँडेल

    सुत्केरी गराउन नपाइ अस्ताइन् रेणुका कँडेल

    भरतपुर अस्पताल जाँदै गर्दा श्रीमान र सासूको पनि  मृत्यु 

    शनिबार, असार ७ २०८२
    शनिबार, असार ७ २०८२
    सुत्केरी गराउन नपाइ अस्ताइन् रेणुका कँडेल

    Renuka pahadi.jpgहेटौँडा, ७ असार । हेटौंडाबाट  प्रसूति सेवा लिन चितवन भरतपुर अस्पताल जाँदै गर्दा रेणुका कँडेलको मृत्यु भएको छ ।

     हेटौँडा–५ की २७ वर्षीयाबरेणुका कँडेल पहाडीको आज भएको दुर्घटनामा मृत्यु भएको हो ।

     दोस्रो सन्तान जन्माउनका लागि प्रसूति गराउन भरतपुर जादै गर्दा रेणुका शनिबार भएको दुर्घटनामा श्रीमान ३५ वर्षीय सरोज र सासुआमा ५५ वर्षीया मैयाकुमारीसँगै मृत्यु वरण ब्यहोर्नुपर्यो । 

    शनिबार बिहान १०ः १५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–४ मा भएको दुर्घटनामा रेनुकासंगै श्रीमान र सासुको मृत्यु भएको थियो ।

     हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको रेणुका सवार माइक्रोबस धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

     जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
    हेटौँडामै नियमित स्वास्थ्य जाँच गराउँदै आउनुभएकी  रेणुका सन्तान जन्माउनका लागि परिवारसहित चितवन जाँदै गर्दा मृत्यु भएको हो । 

    चिकित्सकले रेनुकाको सुत्केरी हुने मिति आइतबार तोकिदिएका थिए । रेनुकाका श्रीमान सरोजलाई मामा नवराज पहाडीले आफ्नो गाडी लिएर जान भनेका थिए । तर, सरोजले सुत्केरी भएपछि २/४ दिन अस्पतालमै बस्नुपर्ने हुनसक्ने भन्दै सार्वजनिक माइक्रो बसमा यात्रा गर्ने निर्णय गर्नुभएको थियो ।

    सरोजले ३ वर्षीया छोरीलाई बुबासँग घरमै छाडेर गर्भवती श्रीमतीसँगै आमालाई साथी लिएर भरतपुर जानुभएको थियो ।
    सरोजले दोस्रो सन्तान हेर्ने सपना पूरा हुन सकेन । उल्टै गर्भमा रहेको भ्रूणसँगै श्रीमती रेणुका र आमाको साथमा ज्यान गुमाउनुपर्यो ।
     
    श्रीमती, छोरा, बुहारी र गर्भमा रहेको नाति पुस्ताको एक चिहान हुँदा रेवती पहाडी अचेत अवस्थामा हुनुहुन्छ ।

    दुर्घटनामा परी हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ र रौतहट जिल्लाको चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

     चितवन प्रहरीले रुपाखेतीको ठेगाना साविक हटिया गाविस–३ उल्लेख गरे पनि उहाँ  हाल हेटौँडा–४ मा बस्दै आउनुभएको थियो ।

    दुर्घटनामा परी मृत्यु भएकी एक युवतीको सनाखत हुन सकेको छैन । अन्दाजी १९ वर्षीय युवतीको सनाखत हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा परी घाइते भएकाहरू भरतपुरस्थित पुरानो मेडिकल कलेज, एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।


    घाइतेमध्ये हेटौँडा–४ का ३१ वर्षीय विष्णु लम्साल, हेटौँडा–१२ का ३२ वर्षीय सिंहवीर घलान र हेटौँडा–१३ का १६ वर्षीय सक्षम थापा मध्यम घाइते रहेको प्रहरीको भनाई छ । हेटौँडा–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते हुनुभएको छ ।

    बस चालक मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ का २७ वर्षीय सुमन चौधरी प्रहरी नियन्त्रण छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार