काठमाडौँ, ७ असार । नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न संघको आठौँ बार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।
यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै अधिवेशनबाट संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित हुनुभयो ।
यस्तै महासचिव पदमा मधु पौडेल, सचिव पदमा सुरेश अग्रवाल र कोषाध्यक्ष पदमा सन्दीप खनाल निर्वाचित हुनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह निर्वाचित हुनुभएको छ ।
यसैगरी डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा अब्बुल हुसेन अन्सारी निर्वाचित हुनुभयो। थप एक जना सदस्य भने अध्यक्षले मनोनित गर्नुहुनेछ ।
नयाँ कार्यसमितिको पदावधी तीन वर्षको हुनेछ ।