• बुधबार, ४ कात्तिक २०८३
  • images

    औषधी व्यवसायीको पक्षमा अदालतको फैसला

    औषधी व्यवसायीको पक्षमा अदालतको फैसला

    बिहीबार , पुस २४ २०८२
    बिहीबार , पुस २४ २०८२
    औषधी व्यवसायीको पक्षमा अदालतको फैसला

    काठमाडौं, २४ पुस । उच्च अदालत पाटनले औषधी व्यवसायीहरुको पक्षमा फैसला गरेको छ । 

    मेडिकल रिप्रिजेन्टेटिभ(एमआर)हरुको संस्था नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघबिरुद्ध नेपाल औषधी उत्पादक संघ (एपोन) र नेपाल औषधी आयातकर्ता संघ (मियान)ले संयुक्त रुपमा दायर रिटको पक्षमा फैसला सुनाएको छ ।

    images

    न्यायाधीशद्धय सूर्यनाथप्रकाश अधिकारी र शिबबहादुर रानाभाटको संयुक्त इजलासले बुधबार अन्तिम सुनुवाई गर्दै एपोन र मियानद्धारा दायर रिटको पक्षमा फैसला सुनाएको हो ।


    नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ र त्यसका सदस्यहरुको गतिविधिले व्यवसायिक गतिविधिमा असर परेको भन्दै एपोन र मियानले संयुक्त रुपमा रिट दायर गरेका थिए ।

    गत १८ भदौमा दायर रिटमा एपोन र मियानले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ र यससँग जोडिएका कार्यसमिति र युनिटलाई विपक्षी बनाएका थिए ।

    रिटमा औषधी तथा बिक्री प्रतिनिधि संघमाथि नेपाल औषधी उत्पादक संघ र नेपाल आयातकर्ता संघका प्रतिनिधि तथा म्यानेजर तहका कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेको, प्रवेश गर्नुपरेमा पाँच दिन अगाडि लिखित जानकारी गराउनुपर्ने, उनीहरुले दिएको सिमकार्ड र टाइम कार्ड प्रयोग गर्नुपर्ने, कुनै बैठक तथा भेला गर्न नपाउने, चिकित्सकहरुलाई एक्लै भेट्न नपाउने लगायतका नियम लगाएको र कतिपय उत्पादक तथा तिनका प्रतिनिधिमाथि दुर्व्यभार समेत गरेको आरोप लगाइएको थियो । 

    उनीहरुले औषधी तथा बिक्री प्रतिनिधि संघका ती खालका गतिविधि रोक्न माग गर्दै रिट दायर गरेको थियो ।

    उच्च अदालतको आदेशसँगै उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा कर्मचारीले निर्वाध रुपमा देशका जुनसुकै क्षेत्रमा गएर काम गर्न पाउने छन् भने औषधी तथा बिक्री प्रतिनिधि संघले उनीहरुलाई अवरोध गर्न पाउने छैनन्।
     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार