• सोमबार, १५ भदौ २०८३
  • images
    विमान दुर्घटना

     होस्टेलमा बस्ने ६ आवासीय चिकित्सकको मृत्यु, १५ जना घाइते

     होस्टेलमा बस्ने ६ आवासीय चिकित्सकको मृत्यु, १५ जना घाइते

    बिहीबार , जेठ २९ २०८२
    बिहीबार , जेठ २९ २०८२
     होस्टेलमा बस्ने ६ आवासीय चिकित्सकको मृत्यु, १५ जना घाइते

    काठमाडौँ, २९ जेठ । एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ जना आवासीय चिकित्सकको मृत्यु  भएको छ। 
    ती भवनहरूमा आवासीय चिकित्सकहरु बस्ने गर्दथे। घटनाको समयमा होस्टलमा करिब ५० देखि ६० जना इन्टर्न डाक्टरहरू रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू सबै दिउसोको खाना खाइरहेका थिए।
    अहमदाबादमा एअर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान सिभिल अस्पतालको होस्टलका चार वटा भवनमा ठोक्किएको थियो।

    दुर्घटना यति शक्तिशाली थियो कि भित्र रहेका डाक्टरहरूको शवसमेत टुक्राटुक्रामा छरिएको पाइएको छ।

     विमानमा लागेको आगोबाट उठेको धुवाँले होस्टलको भवन पूरै कालो भएको छ। होस्टल पूरै खण्डहरजस्तो बनेको छ। घाइते १५ जना चिकित्सकलाई अस्पताल पुर्‍याइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार