• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य बीमाको सुविधा थैली समयानुकुल बनाइने  

    स्वास्थ्य बीमाको सुविधा थैली समयानुकुल बनाइने  

    डा. बैद्यको संयोजकत्वमा कार्यदल गठन

    बुधबार, जेठ २१ २०८२
    बुधबार, जेठ २१ २०८२
    स्वास्थ्य बीमाको सुविधा थैली समयानुकुल बनाइने  

    काठमाडौँ, २१ जेठ । स्वास्थ्य बीमाको सुविधा थैली बनाउन प्राडा प्रदीप वैद्यको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन भएको छ । 

    गत ३ बैशाखमा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको हो ।

    बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले  दिनुभएको जानकारी अनुसार समितिका सदस्यहरुमा डा शर्मा पौडेल, डा सन्ध्या चापागाईँ, डा सन्तोष पौडेल, डा डम्बर खड्का , नर्सिङ निर्देशक रोशनी तुईतुई, डा कालुसिंह खत्री, डा देबेन्द्रप्रसाद ज्ञवाली र रञ्जना पोखरेल  सदस्य हुनुहुन्छ  । समितिको सदस्य सचिवमा डा कृष्णहरि खनाल हुनुहुन्छ । 

    समितिलाई एक महिना प्रतिवेदन बुझाउन समय दिइएको छ ।
    स्वास्थ्य बीमा बोर्डले गतवर्ष मात्रै सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरुको परिमार्जित बिबरण तथा दर रेट लागू गरेको एक वर्ष पुगेको छैन । २० फागुन २०८१ मा तय भएको दर रेट १ साउन २०८१ देखि लागू भएको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार