• सोमबार, १५ भदौ २०८३
  • images
    संघीय अस्पताल  सुधारका लागि कार्यदलको प्रतिवेदन 

    संघीय अस्पतालका कर्मचारीलाई अतिरिक्त सुविधा दिइने, स्वास्थ्य सेवा दुई सिफ्टमा सञ्चालन हुने

    संघीय अस्पतालका कर्मचारीलाई अतिरिक्त सुविधा दिइने, स्वास्थ्य सेवा दुई सिफ्टमा सञ्चालन हुने

    बिहीबार , भदौ १३ २०८१
    बिहीबार , भदौ १३ २०८१
    संघीय अस्पतालका कर्मचारीलाई अतिरिक्त सुविधा दिइने, स्वास्थ्य सेवा दुई सिफ्टमा सञ्चालन हुने

    काठमाडौं,१३ भदौ । संघीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमार्फत स्वास्थ्यकर्मीको मनोबल बढाएर गुणस्तर सुधार गर्ने घोषणा गरेका थिए । 
    सोही घोषणाको व्यवहारिक कार्यान्वयन अघि बढाउन भन्दै मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो । 
    संयोजक प्राडा लोचन कार्की संयोजकत्वको पाँच सदस्यीय कार्यदलले मन्त्री पौडेललाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेको छ । 

    प्रतिवेदन ग्रहण गरे पछि मन्त्री पौडेलले अध्ययनपश्चात प्रतिवेदन कार्यान्वयनमा लैजाने घोषणा गरे । अहिले अस्पतालहरुमा जनशक्ति अभावका कारण सेवाको चाप बढिरहेका बेला मन्त्री पौडेलले स्वास्थ्य कर्मचारीलाई प्रोत्साहनस्वरुप अतिरिक्त सुविधा दिएर दुई सिफ्टमा सेवा सञ्चालन साथै थप सेवा विस्तार गर्ने लक्ष्य राखेका छन् ।
    सामाजिक सञ्जालमा मन्त्री पौडेलले लेखेका छन्,‘अस्पतालहरूमा कार्यरत स्वास्थ्य जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्न कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने हाम्रो योजनालाई अघि बढाउन रचनात्मक सुझाव प्राप्त भएको छ ।’ थप गृहकार्य गरेर प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने र आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार