काठमाडौँ, १६ जेठ । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत विधार्थी पास भएका छन् ।
काउन्सिलले गत जेष्ठ १२ देखि १५ गतेसम्म परिक्षा लिएको थियो ।
नतिजा अनुसार लाइसेन्स परीक्षामा कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा २ हजार ९० जना परीक्षार्थीमा २ हजार ७७ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये १३ अनुपस्थित थिए।
काउन्सिलका अनुसार मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको परीक्षामा मेडिकलतर्फ १ हजार ६११ मध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए ।
जसमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन्। यस्तै डेन्टलतर्फ ४७९ परीक्षार्थीमध्ये ४७७ जनाले परीक्षा दिएका थिए र तीमध्ये ३९४ जना पास भएका छन्।
कुल १ हजार ६२० जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने ४५७ जना अनुत्तीर्ण भएका छन्।