• सोमबार, १५ भदौ २०८३
  • images

    मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सुरु

    मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सुरु

    बिहीबार , वैशाख १८ २०८२
    बिहीबार , वैशाख १८ २०८२
    मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सुरु

    काठमाडौं, १८ बैशाख । सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ।

    अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालको मनोचिकित्सा विभाग र चितवन मेडिकल कलेजको मुख्य आयोजनामा  सुरु भएको सम्मेलनको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभयो ।

     अमेरिकाको बोस्टन स्थित हार्वर्ड मेडिकल स्कूलका उप–प्राध्यापक डा श्रीधर पौडेलले सम्मेलनमा ६० भन्दा बढी प्रस्तुति तथा शोधपत्रहरू प्रस्तुत गरिने जानकारी दिदै  सम्मेलनमा प्रभावकारी समतामूलक सामुदायिक मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उपायहरूको बारेमा छलफल हुने बताउनुभयो ।
    ‘समुदायका लागि समुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, अमेरिका, नर्वे, भारत लगायतका देशका मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गरिरहेका विज्ञहरू सहभागी छन् ।
    सम्मेलनको मुख्य मिडिया सहकार्यमा स्वास्थ्य पत्रकार मञ्च नेपाल रहेको छ । 
    सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक संघसंस्था र स्वास्थ्य शिक्षाका विद्यार्थी सहभागी भएका छन् ।

    सम्मेलनमा हार्वर्ड मेडिकल स्कुल, ओस्लो विश्वविद्यालय, अमेरिका नेपाल हेल्थ फाउण्डेशन, नेपाल अमेरिकन साइकियाट्रिक एसोसिएशन, हेल्थ फाउण्डेशन नेपाल, नेपाल इन्टिच्युड अफ मेनटल हेल्थ, महिला पुनर्वास केन्द्र लगायत अन्य संस्थाहरू सह–आयोजक रहेको उक्त सम्मेलनको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको पनि सहकार्य रहेको छ।

    आयोजक कमिटीका सदस्य अमेरिकाको बोस्टन स्थित हार्वर्ड मेडिकल स्कूलका उप–प्राध्यापक डा श्रीधर पौडेलले सम्मेलनमा प्रभावकारी समतामूलक सामुदायिक मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उपायहरूको बारेमा छलफल हुने जानकारी दिनुभयो ।

    ‘मनोरोग सम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले नीति, नवीन अनुसन्धान र तीनका उपलब्धिहरू प्रस्तुत गर्ने छन्,’ उहाँले भन्नुभयो , ‘स्थानीय स्वास्थ्यकर्मी भोगेका चुनौतीहरू माथि छलफल गर्दै प्रभाबकारी समतामूलक सामुदायिक मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उपायहरूमाथि पनि छलफल हुने छन्।’

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार