• बुधबार, ४ कात्तिक २०८३
  • images

    भारतमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला

    भारतमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला

    बिहीबार , वैशाख १८ २०८२
    बिहीबार , वैशाख १८ २०८२
    भारतमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला

    काठमाडौं, १८ वैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ नेपाली विधार्थी वीरगञ्जस्थित  प्रिशा शाह मृत भेटिनुभएको छ । 

    नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार   बिहीबार बेलुकी करिब ८ बजेतिर शाह कोठामा झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो ।

    images

    मृतक शाहको घरबाट परिवार नआउन्जेलका लागि पोस्टमार्टम नगर्नेगरी शव सुरक्षित गरिएको छ। घटनाको अनुसन्धान पनि भइसकेको छ । 
    यसअघि गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला पर्नुभएको थियो ।

    त्यतिबेला विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो ।

    आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे लम्सालले   दुई पटक कलेज प्रशासनमा उजुरी दिनुभएको थियो ।

    तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उहाँले आत्महत्या गर्नुभएको थियो ।

    त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए । प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार