उदयपुर, १८ वैशाख । स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको मृत्यु भएको छ ।
उदयपुर कटारीमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । स्कार्पियो चितवनबाट झापा दमकतर्फ आउँदै गरेको थियो ।
मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो ।
इलाका प्रहरी कटारीका प्रहरी निरीक्षक कमल बजगाईँले दुर्घटनामा दमक-३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको जानकारी दिनुभयो ।
वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका- १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उहाँहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।