• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सरकारी मेडिकल कलेजमा  पूर्ण छात्रवृत्ति २५ प्रतिशतमा झार्न सुझाव

    सरकारी मेडिकल कलेजमा  पूर्ण छात्रवृत्ति २५ प्रतिशतमा झार्न सुझाव

    शुक्रबार, चैत २९ २०८१
    शुक्रबार, चैत २९ २०८१
    सरकारी मेडिकल कलेजमा  पूर्ण छात्रवृत्ति २५ प्रतिशतमा झार्न सुझाव

    काठमाडौँ, २९ चैत । पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले चिकित्सा शिक्षा तर्फ सरकारी मेडिकल कलेजमा पूर्ण छात्रबृत्ति २५ प्रतिशतमा झार्न सुझाव दिएको छ ।
    यसअघि पूर्ण छात्रबृत्ति  ७५ प्रतिशतको व्यवस्था रहेको थियो ।

     आज उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाउदै छात्रबृत्तिको हिस्सा ५० प्रतिशत र त्यसमा पूर्ण छात्रबृत्ति २५ प्रतिशतमा मात्रै सिमित गर्न सुझाव दिएको हो ।

    images

    प्रतिवेदनमा अबदेखि ७५ प्रतिशतलाई पूर्ण छात्रबृत्ति दिने होईन, २५ प्रतिशतलाई पूर्ण छात्रबृत्ति र अर्को २५ प्रतिशतलाई आंशिक छात्रबृत्तिको व्यवस्था गर्न सुझाव दिएको हो ।

     स्वास्थ्य क्षेत्र सुधार लागि विविध विषयहरु समेटिएका छन् । त्यसमध्ये चिकित्सा शिक्षा र सेवाका विषयलाई  सेवा आयोगले जोड दिएको छ ।
    सरकारले चिकित्सा शिक्षा तर्फ सरकारी मेडिकल कलेजमा विद्यार्थी संख्याको आधारमा ७५ प्रतिशत सिट पूर्ण छात्रबृत्तिका लागि छुट्याउने गरेको छ । तर खनालको अध्यक्षतामा गठित सुझाव आयोगले अहिलेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न सुझाव दिएको हो ।  

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार