कारबाही गर्ने निर्देशकको चेतावनी
काठमाडौं, १४ चैत । भक्तपुर क्यान्सर अस्पतालमा उपलब्ध सेवाहरुको लागि समेत बाहिर पठाउने गरिएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्जवल चालिसेले एक सूचना जारी गर्दै त्यसरी अस्पतालमा उपलब्ध सेवा बाहिर पठाएको अवस्थामा कारबाही गर्ने चेतावनी दिएको छ।
निर्देशक चालिसेले क्यान्सर अस्पतालको फार्मेसीमा उपलब्ध भएका औषधिहरु पनि बाहिर खरिद गर्न पठाइएको, बिरामीहरुलाई अनावश्यक जस्ता देखिने औषधि जस्तै सप्लिमेन्ट्स सिफारिस गर्ने गरेको र कार्यालय समयमा सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित नभएको लगायतका गुनासो आएकोले कारबाही गरेने बताउनुभयो ।
उक्त विषयलाइ लिए जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायहरु साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतबाट अस्पताल प्रशासनलाई सचेत गराइएको सूचनामा उल्लेख छ।
हेरौं सूचना: