टाउकोमा हुने चोटपटक रोक्न सचेतना आवस्यक
काठमाडौं, ७ चैत । मानिसमा सचेतना भए टाउकोमा हुने चोटपटक रोक्न सकिने बताइएको छ । राष्ट्रिय ट्रमा सेन्टरले ‘चोटपटक रोकौँ, प्रभाव बुझौँ, जिम्मेवारी निभाउँ’ भन्ने नारासहित टाउको चोटपटक सचेतना दिवस मनाएको छ ।
दिवसका अवसरमा ट्रमा सेन्टरको न्युरो सर्जरी विभागले प्रभातफेरि कार्यक्रमको आरोजना ग¥यो । त्यसपछि एक कार्यक्रमको आयोजना गर्दै विभिन्न कार्यपत्र प्रस्तुति गरिएको थियो ।
ट्रमा सेन्टरदेखि सुरु भएको ¥याली रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै ट्रमा सेन्टरमा पुगेको थियो। प्रभातफेरीमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजाल, न्युरोसर्जरी विभागका डा निलम कुमार खड्का, वीर अस्पताल न्युरोसर्जरी विभागका डा राजीव झा, प्याथोलोजी विभाग प्रमुख डा स्मृति महत, नर्सिङ विभाग प्रमुख सोचना सापकोटा लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरिको समापन कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा भुपेन्द्र बस्नेत, वीर अस्पतालका निर्देशक डा दिलिप शर्मा र काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरी सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा. भुपेन्द्र बहादुर बस्नेतले मादक पदार्थ सेवनबाट बढ्दो दुर्घटना भइरहेको भन्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले मापसेको जरिवाना बढाएर २० हजार पु¥याउन सुझाव दिदै मानिसको दुई महिनाको तलब जरिवाना राखेमात्र ट्राफिक नियमको पालना हुने बताउनुभयो । उहाँले टाउकोको चोटपटक रोकथाम गर्न सकिनेमा पर्ने बताउनुभयो। त्यसका लागि दुर्घटना न्युनिकरण नै महत्वपूर्ण रहेको उल्लेख गर्दै ट्राफिक प्रहरीलाई जरिवाना बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा न्यूरो विभाग विभागीय प्रमुख डा निलम खड्काले हेड इन्जुरी प्रति एक लाखमा लगभग एकहजार जनालाई हुने जानकारी दिनुभयो । उहाँले विश्वकै कुरा गर्दा नेपालको जनसंख्या अर्थात् वार्षिक ३ करोड हेड इन्जुरीबाट प्रभावित हुने बताउनुभयो । पछिल्लो एक वर्षको तथ्यांक केलाउँदा २८३ जना हेड इन्जुरीका कारण आइसियुमा पुगेको देखिन्छ र तीमध्ये ३१ जनाको मृत्यु भएको छ। नेपालमा हेड इन्जुरीको मुख्य कारण लड्नु रहेको छ।ु
सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा बद्री रिजालले सवारी दुर्घटना हेड इन्जुरीको महत्वपूर्ण कारकका रुपमा रहेको बताउनुभयो । उहाँले सेन्टरमा आउनेमध्ये दुर्घटनामा परेकामध्ये २३ दशमलब ३६ प्रतिशतमा हेड इन्जुरी हुने जानकारी दिनुभयो । सेन्टरले २०८१ साउनदेखि फागुनसम्म एक हजार १३९ जना नयाँ बिरामी न्युरोसर्जरी गरेको तथ्यांक रहेको बताउनुभयो । उहाँले हेड इन्जुरी घटाउने उपाय दुर्घटना न्युनिकरण मात्रै रहेको भन्दै त्यसका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं उपत्यका ट्राफिक कार्यालय र गृह मन्त्रालयको नियमित समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको बताउनुभयो। उहाँले तीव्र गति र तेस्रो कारक मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको बताउनुभयो । उहाँले दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको कोशिसबारे जानकारी दिनुभयो ।