• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मीकै  प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

    स्वास्थ्यकर्मीकै  प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

    मंगलबार, फागुन २० २०८१
    मंगलबार, फागुन २० २०८१
    स्वास्थ्यकर्मीकै  प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं, २० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पतालका रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। 

     चौधरीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

    images

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोशी अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको बीएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको भन्ने उजुरी आयोगमा परेको थियो।
    सोही उजुरीका आधारमा अख्तियारले गरेको अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर भएको हो।

    अनुसन्धानका क्रममा चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्‍को सदस्य हुन राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको BSc. MIT Reg No 09E1958, PDC/Degree Certificate No o147294, को झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार