• सोमबार, १५ भदौ २०८३
  • images

    फागुन १५ देखि आठौं नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी हुने

    फागुन १५ देखि आठौं नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी हुने

    सोमबार, फागुन १२ २०८१
    सोमबार, फागुन १२ २०८१
    फागुन १५ देखि आठौं नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी हुने

    काठमाडौँ, १२ फागुन । नेपालको मेडिकल क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले आठौं नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी फागुन १५ देखि १७ गतेसम्म हुने भएको छ । 
    आज पत्रकार सम्मेलनको आयोजना गर्दै आठौं नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी (एक्स्पो)  फागुन १५ गते देखि १७ सम्म भृकुटीमण्डपमा संचालन हुन लागेको जानकारी दिइयो । 
    मेडिकल तथा रसाइन आपूर्ति संघ नेपाल, एसडी प्रोमो मिडिया र ईईपीसी भारतले संयुक्त रुपमा मेडिकल प्रदर्शनीको आयोजना गर्न लागेका हुन् । 
    एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिनुभयो । उहाँले एक्स्पोमा सबैभन्दा ठूलो बिटुबी मेडिकल, डाइग्नोस्टिक, प्रयोगशाला तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुन लागेको बताउनुभयो । 
    परासरका अनुसार प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ। एक्सपोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने दाबी गर्नुभयो । 

    कार्यक्रममा मेडिकल तथा रसाइन आपूर्ति संघ नेपालका अध्यक्ष भक्त हमालले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष नयाँ आविष्कार हुने भएकाले ती कुरा अस्पतालसम्म पुर्‍याउने उद्देश्यले एक्स्पो हुन लागेको बताउनुभयो । उहाँले प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताउनुभयो ।

    अध्यक्ष हमालले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न १५ देशका उत्पादकले आफ्ना ५०० बढी ब्राण्ड र एक हजार बढी उत्पादन प्रदर्शनीमा राखिने जानकारी दिनुभयो।

    प्रदर्शनीमा चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरिददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालले बताउनुभयो।

    गतवर्ष नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले नेपाल तथा अन्तर्राष्ट्रिय उधोग, प्रदर्शक तथा आगन्तुकहरुबाट अत्यन्तै सकारात्मक प्राप्त गरेको अध्यक्ष हमाले बताउनुभयो। उहाँले गतवर्ष २०२४ को एक्स्पोमा ५ अन्तर्राष्ट्रिय देशहरु तथा नेपालभरका पूर्व देखि पश्चिम सम्मका चिकित्सा समुदायहरु गरि ९ हजार बढी आगन्तुकहरुले सहभागिता रहेको जानकारी दिदै यो वर्ष १० हजार भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार