• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान   

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान   

    ईच्छुकले १० दिनभित्र दरखास्त दिनुपर्ने

    बिहीबार , माघ २४ २०८१
    बिहीबार , माघ २४ २०८१
    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान   

    काठमाडौँ, २४ माघ । स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक पदका लागि नियुक्ति प्रक्रिया अघि बढेको छ ।

    कार्यकारी निर्देशक रिक्त भएको  पाँच महिना पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । 
    तत्कालीन निर्देशक डा दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ भदौमा सकिएको थियो । त्यस यता बोर्डको कार्यकारी निमित्त निर्देशक डा सरोज शर्माले हुनुहुन्छ ।


    मन्त्रालयले कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आव्हान सम्वन्धी सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले १० दिन भित्र दरखास्त पेश गर्न भनिएको छ ।


    सूचनामा स्वास्थ्य बीमा ऐन २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने छ ।


    मन्त्रालयले जारी गरेको सूचनामा कार्यकारी निर्देशक हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने उल्लेख  छ । उम्मेदवारले दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने  छ ।

    हेरौं सूचना:

    bima-board-730x1024.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार