२१ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं, १८ माघ । भक्तपुरस्थित शहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्रले चिकित्सक, फर्मासिस्ट सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ ।
अस्पतालले आज एक सूचना प्रकाशित गर्दै स्वास्थ्यकर्मी माग गरेको हो ।
सूचना अनुसार सिनियर रजिस्ट्रार कार्डियोभास्कुलर सर्जरी १, रजिस्ट्रार ग्यास्टाेईन्टरलोजि १, प्रत्यारोपण शल्यचिकित्सक १, फर्मासिस्ट छैटौं तह १, सहायक मेडिकल रेकर्डर १ र हेमोडाइलासिस सहायक १ पद गरि ६ जनाको लागि दरखास्त आह्वान गरेको छ ।
इच्छुकले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना: