• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल भिट्रियो रेटिना सोसाइटीको अध्यक्षमा डा. सन्यम वजिमय निर्वाचित

    नेपाल भिट्रियो रेटिना सोसाइटीको अध्यक्षमा डा. सन्यम वजिमय निर्वाचित

    शनिबार, पुस २० २०८१
    शनिबार, पुस २० २०८१
    नेपाल भिट्रियो रेटिना सोसाइटीको अध्यक्षमा डा. सन्यम वजिमय निर्वाचित

    काठमाडौं, २० पुस । आँखाको पर्दाको उपचारमा संलग्न चिकित्सकहरुको संस्था नेपाल भिट्रियो रेटिना सोसाइटीको अध्यक्षमा डा. सन्यम वजिमय निर्वाचित हुनुभएको छ ।
    उहाँ पुनः दोस्रो कार्यकालको लागि  सर्वसम्मत चयन हुनुभएको हो ।

    नेपाल भिट्रियो रेटिना सोसाइटीको आठौं सम्मेलनले उहाँलाई अध्यक्षमा चयन हुनुभएको हो । 

    त्यस्तै उपाध्यक्षमा डा. रवा थापा, डा. संजिता शर्मा कोषाध्यक्षमा र सहकोषाध्यक्षमा डा. गुञ्जन प्रसाईं चयन हुनुभएको छ । त्यस्तै महासचिवका लागि अर्को कार्यकालमा पुनः डा. प्रताप कार्की र सहसचिवमा डा. ललित अग्रवाल निर्वाचित हुनुभएको छ ।
    यस्तै  सदस्यहरुमा डा. लिली राजवंशी, डा. पुरुषोत्तम जोशी, डा. किरण शाक्य, डा. नितीन कुशियार र डा. सुवास पोखरेल निर्वाचित हुनुभयो।
     समितिको कार्यकाल दुईवर्षको रहने छ ।
    सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामुहिक हितका लागि पेशागत र नीतिगत पैरवी गर्छ भने यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ । आँखा विशेषज्ञहरुको छाता संस्था नेपाल अप्थाल्मिक सोसाइटी अन्तर्गत नेपाल भिट्रियो रेटिना सोआँखाका विभिन्न सात वटा सुपरस्पेश्यालिटी समाजहरु रहेका छन् ।

    Dr sanyam eye.jpg

     

    सोसाइटीको आठौं सम्मेलन सम्पन्न

    आँखा विशेषज्ञता अन्तर्गतको भिट्रियो रेटिना अर्थात आँखाको पर्दाको उपचारमा संलग्न चिकित्सकहरुको संस्था नेपाल भिट्रियो रेटिना सोसाइटीको सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।
    सोसाइटीले आयोजना गरेको आठौं सम्मेलनमा देश र विदेशका गरि १ सय ३५ जना विशेषज्ञहरु सहभागी भएको सोसाइटीका महासचिव डा. प्रताप कार्कीले जानकारी दिनुभयो । डा. कार्कीका अनुसार सम्मेलनमा आँखाको पर्दामा हुने समस्या र त्यसको उपचारमा अपनाइएका नयाँ नयाँ प्रविधि र पद्धतिका बारेमा दुई दिनसम्म छलफल भएको छ । छलफलका लागि विदेशबाट २१ जना विशेषज्ञ नेपाल आएका थिए भने देशभित्रका ४० जनाभन्दा बढि विशेषज्ञले विभिन्न कार्यपत्र प्रस्तुत गरेका छन् ।


    सम्मेलनका क्रममा नेपाल बाहेक भारत, बंगलादेश, फिलिपिन्स, ताइवान, सिंगापुर, बेलायत लगायत विभिन्न देशका भिट्रियो रेटिना विशेषज्ञहरु सहभागी भए । उनीहरुले भिट्रियो रेटिनाको उपचारमा अपनाइरहेका विधिहरुका बारेमा नेपाली चिकित्सकसँग अनुभव साँटासाट गरे भने नेपाली चिकित्सकहरुले पनि विभिन्न कार्यपत्र र अनुभव साटासाट गरेका छन् । नेपालमा पहिले आँखाका समस्या भन्ने बित्तिकै पहिले मोतिबिन्दु र जलबिन्दुमात्र भन्ने गरिएपनि पछिल्लो समय आँखाको पर्दामा हुने समस्याहरु पनि उल्लेख्य रुपमा बढेका बेलामा यस्ता वैज्ञानिक छलफल यसको उपचारमा संलग्न चिकित्सकहरुलाई सिकाइको अवसर भएको सोसाइटीका अध्यक्ष डा. सन्यम वजिमयले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार