• सोमबार, १५ भदौ २०८३
  • images

    चारसय जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया

    चारसय जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया

    हेल्दीखबर
    शुक्रबार, मंसिर ३ २०७८
    हेल्दीखबर
    शुक्रबार, मंसिर ३ २०७८
    चारसय जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया


    धनुषा । धनुषा ढल्केवरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले चार सयजना व्यक्तिको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । 
    अस्पतालले मङ्सिर १ देखि ३ गतेसम्म सञ्चालन गरेकोे निःशुल्क शल्यक्रिया शिविरमा त्यतिको सङ्ख्यामा मोतियाविन्दुको रोगीको शल्यक्रिया गरिएको हो ।
    सोही  क्रममा दुई हजार चार सय जनाको आँखा परीक्षण र उपचार गरिएको  थियो । यस्तै आठ सय जनामा मोतियाविन्दुको रोग देखिएको थियो ।

    शल्यक्रिया शिविर सञ्चालन गर्नु अघि रेयुकाई मासुनागा आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले कार्तिक महिनामा क्षीरेश्वरनाथ र मिथिला नगरपालिकाको विभिन्न १२ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । 

    त्यसबेला मोतियाविन्दु पत्ता लागेका विरामीमध्ये चार सय जनाको तीन दिनसम्म रेयुकाई आँखा अस्पताल ढल्केवरस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको दृष्टि बिशेषज्ञ सुभाषचन्द्र यादवले जानकारी दिनुभयो । उहाँले शिविरमा आउने सबैको शल्यक्रिया गरिने भन्नुभयो ।

    रेयुकाई मासुनागा आँखा अस्पतालले विगतदेखि नै मोतियाविन्दु न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार