• सोमबार, १५ भदौ २०८३
  • images
    नेपाल स्वास्थ्य सम्मेलन सुरु

    स्वास्थ्यलाई विश्वसंग जोड्ने स्वास्थ्यमन्त्री पौडेलको दाबी 

    स्वास्थ्यलाई विश्वसंग जोड्ने स्वास्थ्यमन्त्री पौडेलको दाबी 

    बिहीबार , पुस ११ २०८१
    बिहीबार , पुस ११ २०८१
    स्वास्थ्यलाई विश्वसंग जोड्ने स्वास्थ्यमन्त्री पौडेलको दाबी 

    काठमाडौं, ११ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा  दुई दिने  ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ सुरु भएको छ ।

    नेपालको स्वास्थ्य प्रणालीलाई अझ व्यवस्थित तथा मजबुत बनाउने उदेश्यले सम्मेलनको आयोजना गरिएको हो ।
    सम्मेलनको प्रमुख उद्देश्य नेपालको स्वास्थ्य प्रणालीलाई विश्व  स्वास्थ्य संग जोड्नु हो ।
    सम्मेलनमा स्वास्थ्य  साझेदारी प्रवर्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल हुनेछ ।

    ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरे।
    उद्घाटनका क्रममा मन्त्री पौडेलले विदेशीएका जनशक्तिलाई नेपाल फर्काउनुपर्ने बताए । उनले नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित  हुँदै गइरहेको चर्चा गरे ।
    उनले स्वास्थ्यमा अरु देशमा नभएको व्यवस्था नेपालमा भएको दाबी गरे ।
    स्वास्थ्य  मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने बताए। उनले आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने जानकारी दिए ।  

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गरे।  उहाँले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिए । 
    सम्मेलनमा चार वटा 'थिम'मा विज्ञहरूले प्रस्तुति दिनेछन  ।
    सम्मेलनमा  विश्व जगत्मा भइरहेका स्वास्थ्य अभ्यास, इ-हेल्थ र एड्भान्स्ड स्वास्थ्योपचार, नीतिगत छलफल र दिगो संलग्नता तथा नव प्रवर्तन एवम् अनुसन्धान जस्ता विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार