असन्तुष्ट पक्षद्वारा उजुरी दर्ता
काठमाडौं, ४ पुस । नेपाल नर्सिङ संघको २०औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले उजुरी दर्ता गराएको छ। स्वतन्त्र नर्सहरुले नेपाल नर्सिङ संघ तथा निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै उजुरी दर्ता गराएको नर्स जानकी धाँमीले बताइन्। उनले मत परिणामसँग हामी सहमत नभएको भन्दै पुन: निर्वाचन घोषणा गरियोस् भन्दै संघमा निवेदन दिएको बताइन।
निर्वाचनमा गैरआवासीय तथा कार्ड नभएकाले भोट दिन नपाउने व्यवस्था भए पनि प्रगतिशील समूहले त्यस्ता नर्सहरुलाई समेत भोट दिन लगाएको उनको आरोप छ।
गत मंसिर २८ गते भएको नेपाल नर्सिङ संघको २०औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा चन्द्रकला शर्मा नेतृत्वको प्रगतिशील प्यानल विजयी भएको थियो। अध्यक्षमा शर्माले दुई जना उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी थिइन्।
अध्यक्षमा निर्वाचित शर्माले २१५० मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी गंगाकुमारी थापाले १३७० र स्वतन्त्र उम्मेदवार बसन्ती थापाले २८२ मत ल्याएकी छिन्।