• सोमबार, १५ भदौ २०८३
  • images

    अङ्ग प्रत्यारोपण सम्बन्धि सम्मेलन ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ सुरु 

    अङ्ग प्रत्यारोपण सम्बन्धि सम्मेलन ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ सुरु 

    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    अङ्ग प्रत्यारोपण सम्बन्धि सम्मेलन ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ सुरु 

    काठमाडौँ,३० मंसिर । अङ्ग प्रत्यारोपण सम्वन्धी दुई दिने सम्मेलन ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ शनिबारबाट काठमाडौँमा सुरु भएको छ । अङ्ग प्रत्यारोपणमा सक्रिय चिकित्सकहरुले खोलेका छुट्टा छुट्टै संस्थाको संयुक्त आयोजनामा यो सम्मेलन सुरु भएको हो ।
     सम्मेलनको नारा ‘विकासोन्मुख राष्ट्रहरुमा अङ्ग दानलाई प्रवर्दन गर्नु’ रहेको छ ।
    सो सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. रोशन पोखरेलले गरेका थिए ।

    सम्मेलनमा नेपालसंगै भारत, बेलायत, अमेरिका, जापान, नेदरल्याण्ड लगायतका देशबाट प्रत्यारोपण विज्ञ तथा यससंग सरोकार राख्ने व्यक्तिहरुको सहभागिता छ । सम्मेलनमा २६ वटा कार्यपत्र प्रस्तुत हुने र त्यसमा १९ वटा विदेशी विज्ञहरुको रहने बताइएको छ ।

    उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य  सचिव डा. पोखरेलले त्यसबेला सरुवा रोगको प्रकोप रहँदा रहँदै पनि नसर्ने रोगमा सरकारले प्राथमिकता दिएको सम्झँदै अंग प्रत्यारोपणको क्षेत्रमा समेत ठूलो प्रगति भएको बताए । उनले यस क्षेत्रको विकासको लागि मन्त्रालय प्रतिवद्ध रहेको र निकट भविष्यमा यो सेवालाई देशको सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताए । उनले सम्मेलनबाट आउने निस्कर्षले भविस्यमा नीति निर्माणका लागि समेत सहयोग हुने बताए ।

     

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा अंग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले यस सम्मेलनमा हुने छलफल र विचार विमर्शले नेपालमा मात्र नभई विकासोन्मुख विश्वभर अंगदानलाई प्रवर्द्धन गर्न सामूहिक प्रयासलाई प्रभावकारी समाधानको लागि उत्प्रेरित भन्दै अङ्ग दानलाई प्रवर्द्धन गर्न प्रेरणा मिल्ने बताए । उनले अंग दान प्रवर्द्धन गर्न चेतना, शिक्षा र नीति सुधारको पक्ष महत्वपूर्ण हुने उल्लेख गर्दै सांस्कृतिक, नैतिक र पूर्वाधारात्मक चुनौतिहरूलाई सम्बोधन गरेर आवश्यक परेकाहरूलाई प्रत्यारोपणमा पहुँच प्रदान गर्ने बलियो र समतामूलक प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले ज्ञानको खाडललाई कम गर्न, नवप्रवर्तनलाई प्रेरणा दिन र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

    कार्यक्रमको साइन्टिफिक कमिटिका अध्यक्ष प्राडा ऋषि कुमार काफ्लेले मिर्गौला रोगको उपचार र हेमोडाइलाइसिस सेवा सुरु भएता पनि सन् २००८ बाट प्रत्यारोपण सेवा सुरु भएको बताए । डा. पुकार चन्द्र श्रेष्ठले बीर अस्पतालमा र प्राडा दिब्या सिह शाहले त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण सेवा शुरु गरेको र प्रत्याोपण क्षेत्रको छुट्टा छुट्टै सोसाइटी समेतको गठन गरेको समाजलाई अब एकीकृत गरी पहिलो कार्यकाल डा पुकार चन्द्र श्रेष्ठले नेतृत्व गृर्ने र दोस्रो कार्यकाल प्रा. डा. दिब्या सिह साहले नेतृत्व गर्ने गरी तय भएको जानकारी दिए । उनले अब प्रत्यारोपण क्षेत्रमा थप प्रभावकारी रुपमा विकास हुने विस्वास व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै अमेरिकी चिकित्सक डा. डोरी सेगेभले १० वर्ष अघि डा पुकार सँग भेट भए पश्चात केन्द्रमा ल्याप्रोस्कोपिक सर्जरी सेवा सञ्चालनको लागि सहयोग नेपाल आएको र नेपालको सुन्दरतार र सौहार्दताले आपूmलाई नेपाल आइरहन प्रेरित गरिरहेको र प्रत्यारोपण सम्बन्धी प्रविधि हस्तान्तरण गर्नको लागि आफुले सहयोग गर्ने कुरा बताए ।

     

    सोसाइटीको नव निर्वाचित अध्यक्ष डा. दिब्या सिंह शाह र कोषाध्यक्ष डा दिपेश श्रेष्ठ, सम्मेलन आयोजक समितिको सचिव डा कल्पनाकुमारी श्रेष्ठ लगायतले यस्ता प्रकारका सम्मेलनबाट प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै छानामुनि ल्याई अंगदान र प्रत्यारोपण सम्बन्धी सीप र ज्ञानको आदानप्रदान गरी अंग प्रत्यारोपणलाई सफल बनाउन मद्दत पुर्‍याउने बताए ।

    विश्व स्वास्थ्य संगठनको सन् २००८ प्रतिवेदन अनुसार नेपाल जस्तो देशमा मिर्गौला रोग लागेका मानिस केही महिनामै मृत्यूको शिकार हुने गरेकोमा हाल ९० प्रतिशत भन्दा बढी बिरामीहरु बाँच्न सफल भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार