काठमाडौँ, ३० मंसिर । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् ।
शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई चार वर्षका लागि आईओएमको डीन नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि आईओएमको डीनका लागि नाम सिफारिस गर्न गठित समितिले प्राडा शर्मा सहिप्राडा शर्मासहित प्राडा दिब्यासिंह शाह र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको थियो ।
यिनै तीन जना मध्येबाट शर्मालाई डीनमा नियुक्त गरिएको हो ।
त्यसअघि समितिले १३ असोजमा सिफारिसमा परेका तीन जना सहित प्राडा अभिमन्यु झा र प्राडा उत्तमकृष्ण श्रेष्ठलाई अल्पसूचीमा राख्दै कार्ययोजना प्रस्तुति सहितको अन्तर्वार्ता लिएको थियो ।
त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो ।
यसअघि डीनका लागि १३ जनाले आवेदन दिएका थिए।
त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तीका लागि नम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका थिए ।