• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    रामेछाप दुर्घटना: मृत्यु हुनेमा वडा अध्यक्ष बस्नेतसहित चार जनाको पहिचान 

    रामेछाप दुर्घटना: मृत्यु हुनेमा वडा अध्यक्ष बस्नेतसहित चार जनाको पहिचान 

    एकको सनाखत हुन बाकिँ

    शुक्रबार, मंसिर १४ २०८१
    शुक्रबार, मंसिर १४ २०८१
    रामेछाप दुर्घटना: मृत्यु हुनेमा वडा अध्यक्ष बस्नेतसहित चार जनाको पहिचान 

    रामेछाप, १४ मंसिर । रामेछापमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेमध्य चार जनाको सनाखत भएको छ ।
    रामेछाप गोकुलगंगा गाउँपालिका वडा ६ फर्पुमा भएको सुमो दुर्घटना परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नः ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, सोही सुमोका चालक मन्थली नगरपालिका ८ चिसापानी घर भएका हिराबहादुर कार्की  रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका ५ कि ३० बर्षकि कविता खड्का र सोही  स्थानकि बर्ष ७ स्वस्तिका खड्का रहेका छन् भने एक जना मृतकको पहिचान हुन बाकिँ रहेको रामेछाप प्रहरीले जनाएको छ । 

    दुर्घटनमा परि घाइते भएका ३ जनाको अवस्था मध्यम रहेको र उपचारका लागि मन्थली पठाइएको छ ।

    images

      शुक्रबार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको  ना १ ज ७१२३ नम्बरको सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको थियो भने ३ जना घाइते भएका थिए।   

    प्रतिक्रिया दिनुहोस
    थप समाचार