• सोमबार, १५ भदौ २०८३
  • images

    नर्सिङ लाइसेन्स परीक्षाको नतिजा निराशाजनक, ४० प्रतिशत उत्तीर्ण

    नर्सिङ लाइसेन्स परीक्षाको नतिजा निराशाजनक, ४० प्रतिशत उत्तीर्ण

    सोमबार, कात्तिक १२ २०८१
    सोमबार, कात्तिक १२ २०८१
    नर्सिङ लाइसेन्स परीक्षाको नतिजा निराशाजनक, ४० प्रतिशत उत्तीर्ण

    काठमाडौँ, १२ कात्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा निराशाजनक आएको छ। परीक्षामा सहभागीमध्ये ४० प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । पीसीएल र बीएस्सी नर्सिङको छुट्टा छुट्टै नतिजालाई जोडेर हेर्दा ४० प्रतिशत उत्तीर्ण भएको पाइएको हो ।

    परिषद्का अध्यक्ष सरला केसीले यो पटकको नतिजामा कम परीक्षार्थी मात्र पास भएको जानकारी दिइन् ।  परीक्षामा सहभागी हुनका लागि पीसीएल नर्सिङ तर्फ ९८३ जनाले फारम भरेका थिए । यद्धपी परीक्षाका बेला २८ जनुपस्थित थिए ।


    केसीले पीसीएल तर्सिङ तर्फ ९५५ जना परीक्षामा सहभागी भएकोमा ३३१ जना ३४.६९ प्रतिशत उत्तीर्ण भएको बताईन् । यस्तै बीएस्सी तर्फ कुल २९८ जनाले परीक्षाका लागि फारम भरे पनि ४ जना अनुपस्थित थिए ।


    बीएस्सीमा कुल २९४ जनाले परीक्षा दिएकोमा १६९ जना ५७.४८ प्रतिशत उत्तीर्ण भएका छन् ।

    परीक्षामा सहभागी पीसीएल र बीएस्सीका कुल जोड्दा १ हजार २४९ जना भएका थिए भने उत्तीर्ण संख्या ५०० जना ४० प्रतिशत रहेको छ ।

    परिषद्ले परीक्षामा उत्तीर्णहरुलाई २५ कात्तिक देखि प्रमाणपत्र उपलब्ध गराईने जनाएको छ ।

    प्रमाणपत्रका लागि त्यसअघि नै अनलाइन (खल्ती) एपबाट १२०० रुपैयाँ भुक्तानी गरी आवेदन गर्न सकिने उल्लेख गरेको छ ।

    पुर्नयोगमा जानेहरुका लागि भने ३५ दिन अवधी रहेको समेत उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार