काठमाडौँ, ९ कात्तिक । सरकारले नेपाल फार्मेसी काउन्सिलमा रिक्त दुई सदस्यमा डा सभ्यता गौतम र विष्णुप्रसाद कंडेललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा सभ्यता गौतम काठमाडौँ र विष्णुप्रसाद कंडेल बाग्लुङलाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
मनोनित दुबै जना फार्मेसी विषयको अध्यापन कार्यमा सम्लग्न छन् ।
अध्यक्ष र रजिष्ट्रार सहित १० सदस्यीय फार्मेसी परिषदमा केही सदस्य पदेन र केहीलाई सरकारले मनोनित गर्ने व्यवस्था छ ।
बिहीबारको बैठकले मनोनित गरेका दुई जनालाई भने परिषद्को सिफारिस र स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले मनोनित गरेको हो । परिषद्ले सिफारिस गर्नेमा एक जना महिला सहित बरिष्ठ फार्मासिष्टसहित दुई जना हुनुपर्ने व्यवस्था छ ।