• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    हेटौँडा अस्पतालमा अनलाईन टिकट सुरु,  ओपीडी टिकटका लागि लाइन बस्न नपर्ने

    हेटौँडा अस्पतालमा अनलाईन टिकट सुरु,  ओपीडी टिकटका लागि लाइन बस्न नपर्ने

    बिहीबार , कात्तिक १ २०८१
    बिहीबार , कात्तिक १ २०८१
    हेटौँडा अस्पतालमा अनलाईन टिकट सुरु,  ओपीडी टिकटका लागि लाइन बस्न नपर्ने

    काठमाडौँ, १ कात्तिक । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा  टिकट लिन लाइन बस्न नपर्ने भएको छ । 
    अस्पतालले अनलाइन टिकट लिन मिल्ने व्यवस्था गरेसंगै लाइन बस्न नपर्ने भएको हो ।


    प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको जानकारी दिए । उनले स्वास्थ्य जाँच तथा उपचारका लागि आउने बिरामीलाई लामो समय लाइनमा बस्नु पर्ने झण्झटबाट छुटकारा दिनका लागि अनलाइन टिकटको व्यवस्था गरिएको बताए । 
    उनले बिरामीले ओपिडी जाँचका लागि अघिल्लो दिन राती १२ बजे नै टिकट लिई सक्नु पर्ने व्यवस्था रहेको भन्दै उपचारका लागि आउँदा विना टोकन काउन्टरबाट कार्ड लिन सक्ने सुविधा भएको बताए ।

    images

    अस्पतालले यसअघि १६ भदौ देखि विस्तारित स्वास्थ्य सेवा (ईएचएस) लागू गरेको छ । सो सेवामा भने स्वास्थ्य बीमा लागू हुने छैन । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार