• सोमबार, २ कात्तिक २०८३
  • images
    अन्तराष्ट्रिय विमानस्थलमा केडीसी अस्पतालको सुविधायुक्त ल्याब 

    केडीसी अस्पतालको र्‍यापीड पीसीआर ल्याव, ३० मिनेटमै रिपोर्ट तयार

    केडीसी अस्पतालको र्‍यापीड पीसीआर ल्याव, ३० मिनेटमै रिपोर्ट तयार

    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
    केडीसी  अस्पतालको र्‍यापीड पीसीआर ल्याव, ३० मिनेटमै रिपोर्ट तयार

     काठमाडौँ  । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा र्‍यापीड पीसीआर ल्याब स्थापना भएको  छ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले उक्त ल्याब स्थापना गरेको हो।

    विदेशमा  जाने व्यक्तिहरुलाई लक्षित गर्दै कान्तिपुर अस्पतालले  विमानस्थल परिसरमै र्‍यापीड पीसीआर ल्याब स्थापना गरेको हो । अस्पतालले आगामी बुधबारबाट एयरपोट ल्यावबाट सेवा सञ्चालनमा आउने जानकारी दिएको छ।
    अस्पतालले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने  छ ।
    अस्पतालका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले विदेश जानेहरुका लागि लक्षित गरेर अत्याधुनिक मेसिन जडान गरी ३० मिनेटमै रिपोर्ट दिन सक्ने बताउनुभयो  । आफूहरुले गुणस्तरमा ध्यान दिदै अरु भन्दा छिटो, भरपर्दो र सर्वसुलभ मूल्यमा सेवा उपलव्ध गराउने उहाँको भनाइ छ। 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार