• सोमबार, १५ भदौ २०८३
  • images

    कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

    कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

    शुक्रबार, साउन ११ २०८१
    शुक्रबार, साउन ११ २०८१
    कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

    काठमाडौं ११ साउन । मिर्गौला रोगका कारण कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको मृत्यु  भएको छ ।
     उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति मृत्यु भएको हो।

    मेयर नकर्मी  केही समयदेखि मिर्गौला  रोगबाट ग्रसित थिए । डायलसिस गराउँदै आएका उनको स्वास्थ्य एक महिनादेखि बिग्रिदै गएको थियो।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।


    नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार