• सोमबार, १५ भदौ २०८३
  • images

    मणिपाल मेडिकल कलेजको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

    मणिपाल मेडिकल कलेजको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

    बिहीबार , असार २० २०८१
    बिहीबार , असार २० २०८१
    मणिपाल मेडिकल कलेजको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं, २० असार । सर्वोच्च अदालतले पोखरास्थित मणिपाल मेडिकल कलेज तथा अस्पताललाई तत्काल कुनै कारबाही नगर्न  अन्तरिम आदेश दिएको छ ।

     महालेखा परीक्षकको प्रतिवेदनमा नक्सा पासको करिब २० करोड तिर्न बाँकी रहेको उल्लेख गरेपछि उक्त रकम तिर्नुनपर्ने भन्दै मणिपाल अस्पताल सर्वोच्च अदालत पुगेको थियो । 


    अस्पतालले महालेखा र पोखरा महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो । सर्वोच्चले विपक्षीका नाममा रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । 

    महालेखा परीक्षकको प्रतिवेदनमा १९ करोड ८१ लाख अस्पतालबाट लिनुपर्ने उल्लेख छ । त्यसपछि असार ७ गते महानगरपालिकाले अस्पताललाई पत्र लेखेर रकम भुक्तानी गर्न आग्रह गरेको थियो । अस्पतालले रकम तिर्नुको सट्टा अदालतसँग गुहार माग्न पुगेको हो ।

    अदालतले साउन १६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    एक करोड ७५ लाख तिरेर मणिपालले भवनको निर्माण सम्पन्न कागजात लिएको छ । 

    पोखरा महानगरपालिकाको २०७९ चैत १० को कार्यपालिका बैठकको निर्णयबाट उक्त रकम छुट दिने निर्णय गरिएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार