काठमाडौं, १ जेठ । सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर हुने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
औषधिजन्य पदार्थको व्यवस्थित अध्ययन, प्रदुषण मापन गर्ने यन्त्रलाई थप प्रभावकारी बनाइने तथा जलवायुको परिवर्तनको असरलाई कम गर्न नेतृत्वदायी भूमिका निर्वाह तथा अन्तर्राष्ट्रिय कोषको अधिकतम प्रयोग गरिने पनि राष्ट्रपति पौडेलले बताए।
'औषधि लगायतका अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुने गरी उद्योगको क्षमता अभिवृद्धि गर्नका साथै निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ,' नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने।
नेपाललाई औषधिमा आत्मनिर्भर गराउने विषय लामो समयदेखि बहस हुँदै आइरहेको विषय हो। विगतका वर्षमा पनि यो विषय सरकारको नीतिमा पर्दै आएको छ। तर कार्यान्वयनमा भने सरकारले त्यति चासो दिएको देखिँदैन।
आत्मनिर्भर भएका औषधिका विषयमा बनेको प्रतिवेदन समेत कार्यान्वयनमा आएन सकेको छैन।