• मंगलबार, ३ कात्तिक २०८३
  • images

    सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई निक साइमन्स अवार्ड 

    सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई निक साइमन्स अवार्ड 

    बिहीबार , चैत ८ २०८०
    बिहीबार , चैत ८ २०८०
    सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई निक साइमन्स अवार्ड 


    काठमाडौं, चैत । नुवाकोटको राउतबेसीमा कार्यरत अनमी कञ्चनमाला श्रेष्ठलाई निक साइमन्स अवार्ड प्रदान गरिएको छ। 
    नुवाकोटको राउतवेसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी श्रेष्ठले गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।


    काठमाडौंमा बुधबार  आयोजित १२औं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो।
    मातृ शिशु कार्यकर्ताबाट स्वास्थ्य सेवामा प्रवेश गरेकी ५० वर्षीया श्रेष्ठ अहिले सिनियर अनमीको रुपमा सेवा दिदै आएकी छन् । उनी २०६९ साल देखि राउतवेसी स्वास्थ्य चौकीमा कार्यरत छिन् ।

    images

    यसैगरी अन्य चार जनालाई सम्मान पनि गरिएको छ। सम्मानित हुनेहरुमा पाँचथरका स्वास्थ्यकर्मी बाघ बहादुर रोकाया, दैलेखकी डम्मर कुमारी शाही, बागुलङका कसिन्द्र शाही र रुपन्देहीका प्रदिप कुमार पण्डित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार