काठमाडौ । अति दुर्गम जिल्ल हुम्ला जिल्ला अस्पतालमा कार्यरत सिनिएर अनमी निरीक्षक सरिता बोहोरा सुनिता बुढा जनसेवा श्री पञ्चम श्रेणी पदकबाट विभूषित हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अनमी बोहोरालाई जनसेवा श्री पदकबाट विभूषित गर्नुभएको हो । गएको असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएको पदक राष्ट्रपतिले वितरण गर्नुभएको हो । बोहोराले हुम्लामा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पु¥याएको भन्दै विभुषित गरिएको हो । बोहोराले यसअघि पनि धेरै सम्मान तथा पुरस्कार पाइसक्नुभएको छ ।

