• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    मधेश स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर शाह नियुक्त

    मधेश स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर शाह नियुक्त

    बिहीबार , चैत १ २०८०
    बिहीबार , चैत १ २०८०
    मधेश स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर शाह नियुक्त


    काठमाडौं, १ चैत ।  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा अंकुर साहलाई नियुक्त गरिएको छ । 
     प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले डा.शाहलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् । 
    मुख्यमन्त्री कार्यालयका अनुसार डा साहलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कुलपतिले नियुक्त गरेका हुन्। स्वास्थ्यमन्त्री वीरेन्द्र साहले फागुन २१ गते डा साहको नाम १ नम्बरमा सिफारिस गरेका थिए।

    डा साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए। उनी प्रतिष्ठानका शिक्षाध्यक्ष रहेको अवस्थामा निमित्तको जिम्मेवारी पनि दिइएको थियो। 
    गत जेठ २५ गते प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएपछि उपकुलपति पद रिक्त थियो। रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो। उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा साहसहित डा रमेशप्रसाद सिंह, डा योगेन्द्रप्रसाद सिंह, डा पशुपति चौधरी, डा राजेन्द्रप्रसाद साह, डा गौरीशंकर साह, डा विद्यानाथ यादव, डा रोहितप्रसाद यादव र डा सुधीरकुमार सिंहले आवेदन दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार