सरकारले निःशुल्क वितरण गर्ने औषधि नेपाली उद्योगबाट खरिद गर्न सकिन्छ
काठमाडौँ, २२ फागुन । स्वास्थ्य मन्त्रालयका पदाधिकारीले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखेका छन् ।
उनीहरुले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन नेपाली औषधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ विषयक छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए । उनले आम सर्वसधारणले स्वास्थ्य भन्नेवित्तिकै औषधिलाई नै पहिलो नम्बरमा राख्ने गरेको भन्दै औषधिमा गुणस्तर कायम गरिनुपर्नेमा जोड दिए ।

औषधिका लागि गर्नुपर्ने ५ वटा काम रहेको भन्दै उनले उत्पादन, आयत, गुणस्तर, नियमन र स्थिरतालाई सधै ध्यान दिनुपर्ने बताए ।
सरकारले निःशुल्क दिन ९८ थरीका औषधि मात्रै पनि नेपाली उद्योगले उत्पादन गरे राम्रो हुने उनको धारणा छ ।
उनले औषधि उद्योगका अन्य चुहावट बन्द गर्न सकेको खण्डमा पनि आर्थिक समस्या कम हुने तर्क राखे ।
उनले चाहेर पनि कतिपय काम गर्न सक्ने अवस्था नरहेको बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरिरमा औषधिले काम गर्यो भने मात्र औषधिको गुणस्तर मापन हुने बताए ।
उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको बताए । ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ । सर्टेन टेष्ट गरेपछि गुणस्तर भन्ने मिल्दैन । होल लाइफसाइकललाई हेर्नुपर्दछ । जिवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ’ उनले भने ।
उनले औषधिको उत्पादनदेखि प्रयोगसम्म हेरेर मात्र गुणस्तर हो वा होइन भन्ने थाहा हुने बताए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले ३५ वर्षअघि धेरै कठिनाइ झेल्दै औषधि उद्योग सुरुवात भएको र अहिले कठिन अवस्था रहेको बताए।
उनले बाहिर बसेर औषधि उद्योगको पीडा थाहा पाउन नसक्ने जिकिर गरे। उद्योग टिक्नका लागि लगानीको २, ३ गुणासम्म व्यापार हुनुपर्नेमा अहिले लगानीको आधा पनि व्यापार हुन नसकेको गुनासो गरे ।
६० ÷ ६५ अर्बको लगानी गरेका उद्योगको नाफा ३ अर्ब मात्रै रहेकाले यो नाजुक अवस्था भएको उनको भनाई छ ।
आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष, सुमन प्रसाद पाण्डेयले जुनसुकै औषधि भएपनि गुणस्तरबिना त्यसको औचित्य पुष्टि नहुने बताए । उनले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि खरिद गरे नेपाली औषधि उद्योग फस्टाउने धारणा राखे । उनले सरकारले ९८ किसिमका औषधि खरिद गर्न सके बाहिरबाट औषधि ल्याउन नपर्ने भनाई पनि राखे ।
‘अहिले हामी ५० प्रतिशत मात्र आत्मनिभएर भएका छौ, । उत्पादन र आयातको तारताव्यता मिलाउनु पर्यो । कुनै पनि देशले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुने भन्छ । हामीले पनि स्वदेशी औषधि उपभोग गर्नुपर्दछ,’ उनले भने, ‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्न हुन्छ के हुदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेको छ । त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनु पर्दछ ।’
नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर नै रहेको बताउनुभयो ।
औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पिडा नबुझ्ने बताए ।
“औषधि उद्योगमा ६० अर्ब रुपिया लगानी रहेको छ । एउट औषधि उद्योग संचालन गर्न करिव ८० करोड लाग्दछ । तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको उपभोगको ३० अर्ब रहेको छ,” उनले भने, “ ६० अर्ब लगानी गरेर ३० अर्ब वेचेको छौ । कुनै पनि बिजनेश लगानीको ६ गुणा गर्नुपर्दछ । यसले गर्दा हामीलाई समस्या छ ।”
उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताए । उनले सरकारले खरिद गर्ने औषधि किनेमा आफुहरु छ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले औषधि गुणस्तर बनाउन मिसन, औजारको प्रर्दशनी चितवनमा हुने एक्स्पोमा हुने बताए ।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य स्वास्थ्य लगायतका निती बनाउँदा गैरसरकारी संघसस्थाको हस्तक्षेप हुँदा समस्या भएको बताए । उनले नेपाली औषधि उद्योगलाई प्रर्वद्धनको लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरिय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए ।
औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य नेपाली औषधि उद्योग फस्टाउनुपर्ने बताए । उनले औषधिको गुणस्तर कायम राख्नुपर्ने भन्दै वदेश उद्योग संरक्षण आवश्यक रहेको बताए । विश्वमा नेपाल सवभन्दा कम मूल्यमा औषधि वेच्ने मुलुकको रुपमा रहेको बताए ।
