• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    दादुरा–रुवेला खोप अभियान र चुनौति

    दादुरा–रुवेला खोप अभियान र चुनौति

    मंगलबार, फागुन ८ २०८०
    मंगलबार, फागुन ८ २०८०
    दादुरा–रुवेला खोप अभियान र चुनौति

    राष्ट्रिय खोप कार्यक्रममा नियमित दादुरा–रुबेला खोपको पहुच लक्षित जनसंख्यामा कम्तिमा ९५ प्रतिशत हुनु पर्नेमा नेपालले त्यो लक्ष्य अझै पनि हासिल गर्न सकेको छैन ।

    नियमित दादुरा–रुबेला खोपको पहुच पनि सबै तहमा एकरुपता नहुनु, नियमित दादुरा–रुबेला खोप अभियान २०७६÷७७ पछि गरिएको सर्भेक्षण अनुसार नियमित दादुरा–रुबेला खोपको पहुच ८४ प्रतिशत मात्र देखिनु, सन् २०१९ को अन्त्यमा कोभिड्–१९ को महामारी तथा विविध कारणहरुले गर्दा नियमित दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाहरुको संख्यामा बृद्धि भई आ.व. २०७९÷८० मा दादुराको महामारी देखियो । २०७९ मंसिर ३ गते देखि २०८० पुष १५ गते सम्मको तथ्यांकलाई केलाउने हो भने नेपालको १९ जिल्लामा सो अवधिमा एकहजार ३४९ जना दादुराका बिरामीहरु रहेको देखाउ“छ । दादुरा देखा परेका ति जिल्लाहरु मध्ये एक तिहाई भन्दा धेरै तराईका जिल्लाहरु रहेको देखिन्छ । दादुरा प्रभावित जिल्लाहरुमा बा“के सबै भन्दा धेरै प्रभावित जिल्ला रहेको देखिन्छ ।

    images

    बाकेमा मात्रै सो अवधिमा ३२९ जना दादुराका बिरामीहरु रहेको तथ्यांकले देखाउ“छ । दादुरा महामारीमा संक्रमित व्यक्तिहरु मध्ये ७४ प्रतिशत ९ महिला देखि १५ बर्ष मुनिका बालबालिकाहरु रहेको तथ्यांकले देखाउ“छ । दादुरा संक्रमित व्यक्तिहरु मध्ये दादुराको खोप नलगाएका २६ प्रतिशत, दादुराको एक मात्रा लगाएको २३ प्रतिशत, दुई वा सो भन्दा बढि मात्रा लगाएका २१ प्रतिशत तथा दादुरा खोप लगाए नलगाएको थाहा नभएको ३० प्रतिशत रहेको देखिन्छ । 
    माथि उल्लेखित तथ्यांकहरुलाई सम्बोधन गर्न तथा सन् २०२६ सम्ममा नेपालमा दादुरा, रुबेला रोग निवारण गर्नको लागि नेपाल सरकारले उच्च जोखिम भनि पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्ला गरि २४ जिल्लाहरुमा ९ महिनादेखि १५ बर्ष मूनिका सबै बालबालिकाहरु तथा न्यून जोखिम भनी पहिचान गरिएका बा“की ५१ जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरु लाई फागुन १३ गतेदेखि शुरु गरि चैत्र ७ गते भित्र सम्पन्न हुने गरि राष्ट्रिय स्तरको दादुरा–रुबेला खोप अभियान २०८०÷८१ संचालन गर्दैछ । यस अघि नै जाजरकोट र रुकुम–पश्चिम भूकम्पबाट बढी प्रभावित जिल्लाहरुको रुपमा पहिचान गरि ६ महिनादेखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई लक्षित गरि २०८० पौष ५ गते देखि १४ गते सम्म नेपाल सरकारले दादुरा–रुबेला खोप अभियान सफलता पुर्वक सम्पन्न गरि सकेको छ ।

    त्यसैले आजै आÏनो नजिकैको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुसंग सम्पर्क राखि तपाईको ठाउ“मा कहिला दादुरा–रुबेला खोप अभियान संचालन हुदैछ जानकारी लिई समयमै दादुरा, रुबेलाको खोप आÏनो बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा गई लगाऔं र आÏनो वरिपरिका छरछिमेकीहरुलाई पनि लगाउनलाई खबर गरौं किन भने यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित धेरै सुरक्षित तथा प्रभावकारी छ । यसले तपाईको बालबालिकाहरुलाई दादुरा र रुबेला रोग लाग्नबाट बचाउ“छ जुन रोग सामान्यतया ५ बर्ष मुनिका बालबालिकाहरुलाई धेरै हुने गरेको छ ।

    दादुरा संक्रमण भएमा छिट्टै फैलिएर महामारी हुन सक्छ साथैं समयमा उपचार नपाएमा गम्भिर प्रकारका जटिलताहरु गराउनुका साथैं बिरामीको ज्यान समेत जान सक्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको भए पनि यो रोग गर्भावस्थामा लागेमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भिर प्रकारको जन्मजात विकलाङ्गहरु देखापर्न सक्छ । 

    (लेखक शहरी स्वास्थ्य केन्द्र २ नेपालगञ्ज बाँकेका जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्य संस्था प्रमुख हुन्)

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार