• सोमबार, १५ भदौ २०८३
  • images

    गीता पाण्डे मृत्यु प्रकरण: मेडिकल काउन्सिलद्वारा छानबिन सुरु

    गीता पाण्डे मृत्यु प्रकरण: मेडिकल काउन्सिलद्वारा छानबिन सुरु

    बुधबार, वैशाख ९ २०८३
    बुधबार, वैशाख ९ २०८३
    गीता पाण्डे मृत्यु प्रकरण: मेडिकल काउन्सिलद्वारा छानबिन सुरु

    काठमाडौं, ९ वैशाख । बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको निधन भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ।

    उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्भावित लापरबाहीबारे टेलिफोनमार्फत प्राप्त जानकारी र सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा काउन्सिलले औपचारिक अनुसन्धान प्रक्रिया सुरु गरेको छ।

    काउन्सिलका रजिस्ट्रार डा. सतिष देवका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विशेषज्ञ चिकित्सकको नेतृत्वमा छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ। 

    उहाँले  यो विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको जानकारी दिदै प्रारम्भिक सूचना प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताउनुभयो ।
    उक्त  घटनाले निजी स्वास्थ्य संस्थाहरूको सेवा, चिकित्सकीय उत्तरदायित्व तथा नियमन प्रणालीमाथि पुनः प्रश्न उठाएको छ। काउन्सिलले निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ ।

    उक्त घटनामा भ्रूण असामान्य रहेको भन्दै विभिन्न क्लिनिकमा सिफारिस गरिएको र अन्ततः गर्भपतन प्रक्रिया अघि बढाइएको बताइएको छ। मृतकका परिवारले भने उपचार प्रक्रियामा गम्भीर लापरबाही भएको र आर्थिक लाभका लागि अनावश्यक रूपमा विभिन्न स्थानमा पठाइएको आरोप लगाएका छन्।

    प्रहरीका अनुसार घटनापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ भने दुई जना चिकित्सक स्वयं उपस्थित भई अनुसन्धानमा सहयोग गरिरहेका छन्।

    मृतकका श्रीमान् प्रकाश पाण्डेका अनुसार १२ हप्ताको गर्भावस्थामा रहनुभएकी गीताले नियमित परीक्षणका क्रममा एक निजी नर्सिङ होममा जाँच गराउनुभएको थियो। त्यहाँ भ्रूण असामान्य देखिएको भन्दै गर्भपतनको सल्लाह दिइएको थियो। त्यसपछि विभिन्न स्थानमा पठाउने क्रममा औषधि सेवनपछि उहाँको स्वास्थ्य अवस्था जटिल बनेको बताइएको छ।

    अन्ततः अचेत अवस्थामा उहाँलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार