चितवन, २ पुस । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल निर्वाचित भएका छन् ।
चितवनमा सम्पन्न १४ औं अधिवेशनले अध्यक्षमा रिमाललाई निर्वाचित गरेको हो ।
रिमाल डेढ दशकदेखि औषधि पशुपंक्षी क्षेत्रमा सक्रिय छन् । ऊनी आगामी दुई वर्षका लागि नेतृत्व चुनिएका हुन् ।
यस्तै आयात तर्फको उपाध्यक्षमा सुना सुवेदी बडाल, थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेल, खुलातर्फ लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । संघको महासचिवमा साधुराम ढकाल (आशिष), कोषाध्यक्षमा राजेन्द्र थापा र सचिवमा केशव शर्मा निर्वाचित भए।
खुलातर्फको केन्द्रीय सदस्यमा रत्नकुमार बडाल, शंकर सुवेदी, सत्यभामा न्यौपाने बडाल र अर्जुन नेपाल रहेका छन् ।
प्रदेश सदस्यतर्फ दीपकचन्द्र सेन कोशी, पूर्णप्रसाद जैसी पाण्डे कर्णाली, परशुराम गैरे गण्डकी, ईश्वरीप्रसाद आचार्य बागमती, पुनिराम चौधरी सुदूरपश्चिम र रोशनकुमार साह मधेश प्रदेश छन् ।