काठमाडौँ, ६ पुस । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले सेवा करारमा स्वास्थ्यका जनशक्ति माग गरेको छ ।
अस्पतालले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यकर्मी सहित २२ कर्मचारी माग गरेको हो । सूचना अनुसार कन्सलटेन्ट पेडियाट्रिसियन १, कन्सलटेन्ट जनरल फिजिसियन १ , अक्टेट्रिसियन १, कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट १, कन्सलटेन्ट साइक्याट्रिक्स १, डेन्टल सर्जन, फार्मेसी सहायक, डेन्टल हाइजेनिष्ट १ गरी ८ जना स्वास्थ्यकर्मी माग गरेको छ ।
यस्तै कार्यालय सहयोगी ८ , सरसफाइकर्मी २ , कार्यालय सहयोगी ३ , हलुका सवारी चालक १ गरी जम्मा २२ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेरौँ सूचनाः
