• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

    दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

    हेल्दीखबर
    शनिबार, मंसिर २ २०८०
    हेल्दीखबर
    शनिबार, मंसिर २ २०८०
    दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते


    सियोल, २ मंसिर । दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन्।

    योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।

    images

    बिरामीसहित अस्पतालबाट ९० जनाको उद्धार गरिएको छ। जसमध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने समान्य चोटपटक लागेको छ। करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

    आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । 
     रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार