काठमाडौं । सेनेगलको तिवौने सहरको एक अस्पतालमा आगलागीमा हुँदा एनआईसीयूमा भर्ना भएका ११ नवजात शिशुको मृत्यु भएको छ । सेनेगलका राष्ट्रपति म्याकी सालले ट्वीटरमार्फत सो जानकारी दिएका हुन् । राष्ट्रपति सालले घटनाको बारेमा ट्वीट गर्दै लेखेका छन्, ‘मैले भर्खरै तिवौनेको सार्वजनिक अस्पतालको नवजात शिशु विभागमा आगलागीमा परी ११ नवजात शिशुको मृत्यु भएको घटना बारे पीडादायी र निराशाजनक जानकारी प्राप्त गरेको छु। उनीहरूको परिवारमा म गहिरो समवेदना व्यक्त गर्दछु।’ अस्पतालमा भएको आगलागीको बारेमा सेनेगलका राजनीतिज्ञ डिओपसीका अनुसार तिवौनेको यातायात केन्द्रमा रहेको मामे अब्दौ अजीज सी दबाख अस्पतालमा यो दुर्घटना भएको हो । “सर्ट सर्किट”को कारण आगो निकै छिटो फैलिएको उनको भनाइ छ। सेनेगलको इतिहासमा यो सबैभन्दा ठूलो आगलागीमध्ये एक हो। गत वर्ष पनि सेनेगलको एउटा अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो । एजेन्सी