• सोमबार, १५ भदौ २०८३
  • images

    मालतीले नर्मल जन्माइन् चार किलो ७५० ग्रामको बच्चा

    मालतीले नर्मल जन्माइन् चार किलो ७५० ग्रामको बच्चा

    हेल्दीखबर
    शुक्रबार, कात्तिक १० २०८०
    हेल्दीखबर
    शुक्रबार, कात्तिक १० २०८०
    मालतीले नर्मल जन्माइन् चार किलो ७५० ग्रामको बच्चा

    बागलुङ, १० कात्तिक।  धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा चार केजी सात सय ५० ग्राम तौल भएको बच्चा जन्मिएको छ ।


     अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले अस्पतालको प्रसूति वार्डमा बिहीबार बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले सामान्यरूपमा छोरा जन्माएकी जानकारी दिइन ।  उक्त बच्चा  छन्त्यालको चौथो सन्तान हो ।

    बडादशैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।

     

    पेटमा रहेको बच्चा ठूलो देखिएकाले  अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो । तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्यालले बताइन् ।


    दशैंका बेलामा पोखरा जान पनि गाह्रो थियो । नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनका पति नेत्रबहादुर छन्त्यालले बताए ।


    उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकोमा अहिले चार किलो ७५० ग्रामको बच्चाको जन्म भएको हो ।

    अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार