काठमाडौँ, २ कात्तिक । वीर अस्पतालले विवादित व्यक्तिलाई खरिद इकाइको वरिष्ठ सदस्य नियुक्त गरेको छ ।
देशकै पहिलो र ठूलो अस्पताल वीर अस्पतालको खरिद एकाई मेडिकल माफियाको योजना र दवाव अनुसार बनेको पुष्टि भएको छ ।
गत शुक्रबार वीर अस्पताल बाट फाइल उठेर गठन भएको खरिद एकाईमा नियुक्त गरिएका सदस्य नै विवादित व्यक्ति छन् । विगतदेखि नै विवादित नवराज श्रेष्ठलाई खरिद इकाइमा नियुक्ति गरेसंगै कर्मचारी वृत्तमा हलचल मच्चिएको छ ।
उनी विगत देखि नै विवादमा परेका ब्यक्ति हुन, अस्पतालका एक कर्मचारीले भने“ग्यास्ट्रो मेडिसिन ओपिडीमा रहँदा बिरामीसंग पैसा लिएको आरोप उनीमाथि लागेको छ ।’’
इन्डोस्कोपि , क्लोनस्कोपि गराई सो रकम अस्पताल खातामा जम्मा नगरी लाखौँ अनियमितता गरेको आरोप अस्पतालका सबै कर्मचारीलाई जानकारी छ । तर पनि खरिदमा किन उनलाई नियुक्त गरियो , वीर अस्पतालमा कार्यरत कर्मचारी अचम्मितमा परेका छन् ।
उनले बीरामीलाई वीर अस्पतालमा समय मिल्दैन भनी निजि अस्पतालमा पठाउने गर्दछन् ।
त्यहाँबाट पनि उनले कमिशन लिएको आरोप कर्मचारीको छ । उक्त विषयमा तत्कालीन मेडिकल विभाग प्रमुख डा विधान पौडेल र डा अजित खनालले श्रेष्ठलाई कारवाही गर्ने अस्पताल प्रशासनलाई सिफारिस गरेको थियो ।
त्यो कारबाही पनि निजी अस्पताल सञ्चालकले रोकेका थिए । त्यसपछि निजि नर्सिङ कलेज सञ्चालकको योजनामा अस्पतालको समन्वय शाखा प्रमुख बनेका श्रेष्ठले निजि नर्सिङ कलेज का विधार्थीलाई वीर अस्पताल मा प्रयोगात्मक अभ्यास गराउन विभिन्न नर्सिङ कलेजलाई मापदण्ड विपरीत वर्षदिनसम्म सहमति दिएको आरोप पनि उनीमाथि छ । उक्त अभ्यासबापत अस्पतालमा तिर्नुपर्ने शुल्क अस्पतालमा दाखिला नगरि आफैले लिने गरेको अर्को आरोप उनीमाथि रहेको छ । अन्य विधाका विधार्थीका लागि पनि अभ्यास गर्न दिदा अनियमितता गरेको, सोही शाखा अन्तर्गतको सामाजिक सेवा इकाइमा पैसा लिदै १६ जना सहजकर्ता कर्मचारी भर्ना गरेको, वीर अस्पतालमा स्वास्थ्य बीमा कुल कमाई को १० प्रतिशत कमिसन लिन खोजेको आरोप पनि उनीमाथि रहेको छ । त्यसपछि कर्मचारीहरुले विरोध गरेपछि रकम नपाए पछि बिमा कार्यक्रम नै असफल बनाउन लागेको आरोप पनि लागेको छ ।
उनले कोभिड महामारीमा कोभिड भ्याक्सिन खोप लगाउने कार्यक्रममा पनि सहभागी हुँदा भारतीय नागरिक जो चिनमा अध्ययन र ब्यापार गर्दछन् तिनीहरुलाई सरकारी मापदण्ड विपरीत काठमाडौका होटल– होटलमा गएर विदेशी नागरिक लाई प्रत् िब्यक्ति ३५ देखि ४० हजार लिएर भेरोसिल भ्याक्सिन लगाएका थिए । श्रेष्ठका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पति शुद्धीकरण विभाग र स्वास्थ्य मन्त्रालयमा पनि उजुरी परेको थियो ।
हाल उनीमाथि यी निकायले छानविन गरीरहेको छ ।
सामाजिक एकाइ तथा समन्वय शाखाका एक कर्मचारीका अनुसार श्रेष्ठले आफूहरुलाई घरको नोकरको जस्तो व्यवाहार गर्ने गरेको गुनासो गरेका छन् । वीर अस्पतालको बीमाशाखा बाट हटे पछि पनि उनी स्वास्थ्य मन्त्रालयबाट बीमा समन्धि कार्यक्रममा दक्षिण कोरिया पनि गएका थिए ।
हाल उनलाई केही मेडिकल , सर्जिकल , प्याथोलोजी र उपकरण सप्लाएर्स माफियाको सहयोग रहेको चर्चा वीरमा छ ।
मेडिकल माफियाकै योजनामा अस्पतालको खरिद एकाइ मा वरिस्ठ सदस्यमा लगिएको हो, मेडिकल स्टोर र खरिद एकाई सदस्यले भने,“अब वीर अस्पताल अझै डुब्ने भयो ।”
न्याम्स पदाधिकारी , खरिद प्रमुख र लेखा प्रमुख थम नारायण शर्मा पनि मेडिकल माफिया को अगाडि नतमस्तक छन ।
न्याम्सका एक पदाधिकारीले जसले श्रेष्ठको नाम खरिद इकाइमा राखेको हो उनैलाई सोध्न आग्रह गरे ।
उनी खरिद एकाई पुग्नुमा अस्पतालको यो आ.ब २०८०÷८१ को मेडिकल ,सर्जिकल , प्याथोलोजि तथा जनरल स्टोरको टेन्डर हाल्ने व्यापारीले अस्पतालको स्टोरको टेन्डर हाल्ने र जसरी पनि श्रेष्ठ मार्फत सो अस्पताल स्टोर को बार्षिक १५ करोड र अस्पताल फार्मेसीको डेढ अर्बको टेन्डर हत्याउने दाउ भएको आरोप लगाएका छन् ।
वीर अस्पतालले खरिद गर्न लागेको एम आर आई , ऐनेस्थेसिया मेसिन , गामा क्यामेरा लगायत सर्जिकल ,मेडिकल , प्याथोलोजि र महङ्गो मेसिन ठेक्का आफुलाई पार्न अभियानमा लागेका आरजि सर्जिकल, रिलायन्स सप्लाएर, पार्थ सर्जिकल, सचिन ट्रेड लिंक, रेडपण्डा, ओम सर्जिकल, बालाजी सर्जिकल, ट्युकिएर मेडिको लगायतले े वीर अस्पतालमा हुने यो बर्षको सबै टेन्डर हात लिन उनलाई खरिद एकाईको वरिस्ठ सदस्य बनाएको आरोप छ ।