• सोमबार, १५ भदौ २०८३
  • images

    गृहमन्त्री श्रेष्ठलाई हृदयघात

    गृहमन्त्री श्रेष्ठलाई हृदयघात

    हेल्दीखबर
    मंगलबार, असोज २३ २०८०
    हेल्दीखबर
    मंगलबार, असोज २३ २०८०
    गृहमन्त्री श्रेष्ठलाई हृदयघात

    काठमाडौँ, २ कात्तिक ।  बीआरआई शिखर मञ्चमा भाग लिन चीनमा पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् । 
    उनलाई हृदयघात भएको छ । चेकजाँचका क्रममा उनलाई ‘माइल्ड हर्टअट्याक’ भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । 

    अस्वस्थ भएपछि गयराती साढे १२ बजे उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा लगेर भर्ना गरिएको छ । 

    श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको हो ।

    अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।

    हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।

    यता गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उपप्रधान एवं गृह मन्त्री श्रेष्ठ बिरामी भएको अनौपचारिक खवर प्राप्त भएको बताए ।

    ‘औपचारिक जानकारी छैन तर अनौपचारिक खबर सुनेका छौँ । छातीमा असहज भएपछि उहाँलाई राती साढे १२ बजे तिर अस्पताल लगिएको रहेछ । अरु थप उपचार के के भइरहेको छ भन्ने औपचारिक जानकारी आएको छैन, उनले भने ।

    उपप्रधानमन्त्री मन्त्री श्रेष्ठको शुक्रबार स्वदेश फर्कने तालिका थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार