• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सक लाइसेन्स परीक्षामा ४९ प्रतिशत पास

    चिकित्सक लाइसेन्स परीक्षामा ४९ प्रतिशत पास

    हेल्दीखबर
    शुक्रबार, असोज १२ २०८०
    हेल्दीखबर
    शुक्रबार, असोज १२ २०८०
    चिकित्सक लाइसेन्स परीक्षामा ४९ प्रतिशत पास

    काठमाडौँ, १२ असोज ।  नेपाल मेडिकल काउन्सिलले गत बुधबार देखि सुरु गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ४८ दशमलब ९२ प्रतिशत परीक्षार्थी पास भएका छन् ।

    काउन्सिलले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार एमबीबीएस तर्फ ४४.४० प्रतिशत र बीडीएस तर्फ ५३.४४ प्रतिशत पासभएका हुन् ।

    काउन्सिल प्रवक्ता डा कृष्णप्रसाद अधिकारीका अनुसार एमबीबीएस तर्फ लाइसेन्स परीक्षा दिनका लागि कुल १ हजार ५१३ जनाले फारम भरेका थिए । त्यसमध्ये १ हजार ४९१ जना सहभागी भएका थिए । जसमा ६६२ जना उत्तीर्ण भएका छन् । काउन्सिलमा परीक्षामा २२ जना गयल भएको र ३ जनाको नतिजा वीथहेल्डमा राखिएको जनाएको छ ।

    यस्तै बीडीएस तर्फ कुल ३२२ जनाले फारम भरे पनि ३२० जनाले परीक्षामा सहभागीता जनाएका थिए । त्यसमध्ये १७१ जना पास भएका छन् । काउन्सिलले २ जना गयल र २ जनाको नतिजा वीथहेल्डमा राखिएको जनाएको छ ।

    यो परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार