• सोमबार, १५ भदौ २०८३
  • images

    रास्वपा स्वास्थ्य विभाग सल्लाहकारमा डा. सुवास प्याकुरेल र  उपप्रमुखमा डा. पुष्पमणि खराल मनोनित

    रास्वपा स्वास्थ्य विभाग सल्लाहकारमा डा. सुवास प्याकुरेल र  उपप्रमुखमा डा. पुष्पमणि खराल मनोनित

    हेल्दीखबर
    बुधबार, असोज ३ २०८०
    हेल्दीखबर
    बुधबार, असोज ३ २०८०
    रास्वपा स्वास्थ्य विभाग सल्लाहकारमा डा. सुवास प्याकुरेल र  उपप्रमुखमा डा. पुष्पमणि खराल मनोनित

    काठमाडौँ, ३ असोज । हेल्थ कन्सर्न नेपालका संस्थापक . डा. सुवास प्याकुरेललाई  राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकार मनोनित गरेको छ ।  
    यस्तै रास्वपाले स्वास्थ्य विभागको उपप्रमुखमा डा पुष्पमणि खराललाई मनोनित गरेको छ । डा खराल यसअघि नेकपा एमाले निकटको राष्ट्रिय चिकित्सक संघमा महासचिव थिए । उनी गत असारमा सो संगठनबाट राजिनामा दिई रास्वपामा आवद्ध भएका थिए ।
    डा. प्याकुरेल हेल्थ कन्सर्न नेपालका संस्थापक साथै स्वास्थ्यका विभिन्न परियोजना आबद्ध थिए ।ऊनी स्वास्थ्य खबर पत्रीकाको मेडिकल इडिटरका रुपमा पनि आवद्ध छन् । 
     मंगलबार रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा प्याकुरेल र उपप्रमुखमा खरालालाइ मनोनित गरेको हो ।

    रास्वपाको स्वास्थ्य विभाग प्रमुख भने सांसद डा तोसिमा कार्की रहेकी छन् । सो विभागले केन्द्रीय समिति तथा प्रदेशहरुको संयोजक तोक्ने काम गरिरहेको छ ।

    नव नियुक्त सल्लाहकार डा. प्याकुरेलले स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने सुधारका लागि नयाँ जोस जाँगरका साथ उदाउँदै गरेको पार्टीमा आवद्ध भएर सहयोग गर्न खोजेको बताएका छन्  । उनले आफूले दिएका सहि सल्लाहहरु पार्टीले कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे ।

    उपाध्यक्ष डा खरालले अहिले विभागको समिति विस्तारको काम भइरहेको बताए । उनले सरकारी सेवामा आवद्ध व्यक्तिले संगठनमा आवद्ध हुन नपाउने भन्दै त्यस्ता व्यक्तिहरुसंग अनौपचारिक रुपमा सल्लाह र छलफल गर्ने गरेको बताए ।

    उनले पार्टीको स्वास्थ्य नीति बनाउने बारेमा पनि विभागले गृहकार्य अघि बढाएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार