• सोमबार, १५ भदौ २०८३
  • images

    महिलाहरुमा देखिएका यस्ता लक्षणले हुन सक्छ बाँझोपन

    महिलाहरुमा देखिएका यस्ता लक्षणले हुन सक्छ बाँझोपन

    मंगलबार, साउन २६ २०७८
    मंगलबार, साउन २६ २०७८
    महिलाहरुमा देखिएका यस्ता लक्षणले हुन सक्छ बाँझोपन


    महिलाहरुमा बाँझोपनको कारण धेरै समस्याहरु निम्त्याउँछ। प्रजनन क्षमतामा कमी हुनुको कारणले दापत्तीहरुले बच्चा पाउन सकिरहेका हुँदैनन्। विज्ञहरुका अनुसार महिलाहरुमा बाँझोपन हुनुको धेरै कारणहरु हुन्छन् । स्त्रीरोग विशेषज्ञहरुको अनुसार यदि यस्ता लक्षणहरुको समयमै उपचार गर्न सके बाँझोपन ठिक गर्न सकिन्छ।
    १. एंडोमेट्रियोसिस
    कुनै महिलालाई महिनावारी हुँदा हल्का दुख्ने हुन्छ भने कतिपयलाई दुख्दैन। तर कतिपय महिलाहरुलाई महिनावारी हुँदा एकदमै पेट दुख्ने समस्या हुन्छ। योसंगै कतिको महिनावारी धेरै लामो समयसम्म पनि चलिरहन्छ।  एंडोमेट्रियोसिस भएकाहरुलाई महिनावारी हुँदा भेस्सरी पेट दुख्ने गर्दछ। यसका लक्षणः अनियमित महिनावारी, क्रोनिक पैल्विकको दुखाई, दिसापिसाव गर्दा, सेक्स गर्दा दुख्ने, थकाईलाग्ने, ढाँड दुख्ने गर्दछ।
    २. महिनावारीमा समयमा नहुनुः
    महिनावारी समयमा नहुनु पनि बाँझोपनको कारण हो । अनियमित महिनावारीका कारण ओव्यूलेशन नियमित हुँदैन। पोलिसिस्टिक ओवेरियन सिंड्रम, मोटोपन, कम वजन, थाइराईडको समस्याका कारण बाझोपन हुन सक्छ।
    ३. हर्मोनको समस्याः
    हर्मोनको उतरचढाबको कारण शरीरमा विभिन्न लक्षणहरु देखिन थाल्दछ। यसमा यौन सम्पर्क गर्ने इच्छाका कमी आउने, हात खुट्टा चिसो हुने, निप्पल डिस्चार्ज, अनुहारका रौंहरु बढ्ने, टाउकोको कपाल झर्ने वा पातलो हुँदै जाने, तौल घट्ने वा बड्ने जस्ता देखिन्छ। यस्तो लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्छ।
    ४. यौन सम्पर्क गर्दा दुख्नेः
    यौन सम्पर्क गर्दा दुख्ने समस्या भए महिलाहरुको प्रजनन क्षमतामा प्रभाव पर्न सक्छ। इन्फेक्सन, एंडोमेट्रियोसिस जस्ता कारणले यौन सम्पर्क गर्दा दुख्न सक्छ।
    ५. महिनावारी हुदाँ बग्ने रगतको रंगः
    महिनावारीको शुरुमा बग्नेरगत चम्कीलो । रातो रंगको हुन्छ। त्यसपछि केही दिनमा गाढा हुँदै जान्छ। तर महिनावारीको शुरुपाती दिनमै गाढा रंग देखिन थाले बाँझोपनको संकेत हुन सक्छ।
    ६. मोटोपनः
    मोटोपना भएका महिलाहरुमा गर्भधारण हुने सम्भावना कम हुन्छ भने अन्य महिलाको तुलनामा प्रेग्नेंसीमा समस्या हुन सक्छ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार