• सोमबार, १५ भदौ २०८३
  • images

    तिलगंगामा मदनकृष्ण श्रेष्ठको मोतिविन्दुको शल्यक्रिया

    तिलगंगामा मदनकृष्ण श्रेष्ठको मोतिविन्दुको शल्यक्रिया

    प्रतिष्ठानमै उत्पादित लेन्सको प्रयोग

    हेल्दीखबर
    सोमबार, भदौ २५ २०८०
    हेल्दीखबर
    सोमबार, भदौ २५ २०८०
    तिलगंगामा मदनकृष्ण श्रेष्ठको मोतिविन्दुको शल्यक्रिया

    काठमाडौँ, २५ भदौ । वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया सफल भएको छ । 
     कलाकार श्रेष्ठको तिलगंगा आँखा प्रतिष्ठानमा देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । 
    अस्पतालकी कार्यकारी निर्देशक डा.रीता गुरुङले श्रेष्ठको देब्रे आँखाका मोतिविन्दुको शल्यक्रिया गरिएको हो । 
    तीन महिना अघि श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो । 
    उनले कलाकार श्रेष्ठको शल्यक्रिया गर्दा आँखामा प्रतिष्ठानमा नै उत्पादित इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ । 
    आँखा प्रतिष्ठानकी जनसम्पर्क अधिकृत सोनु केसीले कलाकार श्रेष्ठको उपचारमा डा सन्दुक रुइत, डा रीता गुरुङ डा गोविन्द पौड्याल सहितको समूहले शल्यक्रिया गरेको जानकारी दिइन् ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार