• बिहीबार , ५ कात्तिक २०८३
  • images

    पेप्सीकोला दुर्घटनामा  राज भट्टराईको मृत्यु, १० जना घाइते

    पेप्सीकोला दुर्घटनामा  राज भट्टराईको मृत्यु, १० जना घाइते

    हेल्दीखबर
    आइतबार, भदौ १७ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ १७ २०८०
    पेप्सीकोला दुर्घटनामा  राज भट्टराईको मृत्यु, १० जना घाइते

    काठमाडौं, १७ भदौ । आइतबार बिहान छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

     मृत्यु हुनेमा सर्लाहीको शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ।  यस्तै १० जना घाइते भएका छन्। 

    images

    आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    यसैगरी बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमासमेत क्षति पुगेको छ।

    जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्। मृत्यु स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताउनुभयो । 

    बोलेरोमा सवार ५ जना विद्युत्‌का कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ। अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार