काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय लिन आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्दै छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाकाअनुसार बैठक दिउँसो २ बजे बस्दैछ। यसअघि जारी गरिएको निषेधाज्ञा भोलि बाट सकिँदै छ। कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा खुकुलो पार्नुको सट्टा कडा बनाउने अवस्था आएको निरौलाले बताउनुभयो । पहिले जारी गरिएको निषेधाज्ञामा केही परिमार्जन हुन सक्ने निरौलाले बताउनुभयो । संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञा वैज्ञानिक बनाउनु पर्ने बताउँदै उहाँले परीक्षाहरुसमेत स्थगित भइरहेकाले पहिलेभन्दा केही कडा हुनसक्ने संकेत गर्नुभयो ।